Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने तयारीमा एमाले

७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने तयारीमा एमाले

  • 474
    SHARES
  • ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने तयारीमा एमाले

    काठमाडौं । एमाले आसन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी चुनावमा होमिने भएको छ ।

    संघीय संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा ७० प्रतिशत विजयी हासिल गर्नेगरी निर्वाचनमा होमिन आफ्ना सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    उनले भने,‘बुधवार बैठकमा अध्यक्षज्यूले विशेष निर्देशन दिनुभएको छ ।’ उनका अनुसार स्थानीय तहको निर्वाचनमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्छ । अध्यक्ष ओलीले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा निर्वाचित गराउने गरी लाग्न सबैलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।

    आगामी ३० वैशाखमा हुने स्थानीय तहको निनर्वाचनमा एमाले एक्लै चुनाव लड्ने जानकारी दिएका प्रमुख सचेतक भट्टराईले एकाध स्थानमा एकाध पार्टीसँग तालमेल गरे पनि देशभर एक्लै चुनावमा होमिने बताए ।

    सर्वसम्मतीमा उम्मेदवार चयन गर्ने दाबी गरेका उनले कुनै स्थानमा सर्वसम्मती हुन नसके माथिल्लो कमिटीले हेर्ने बताए ।

    संसदको दशौं अधिवेशनमा सरकार र सभामुख अग्निप्रसाद सापकोटाले देश र जनताको पक्षमा काम नगरेर आफ्नो मक्सद पूरा गर्ने कार्यमात्र गरेको एमालेले निष्कर्ष निकालेको भट्टराईले बताए ।

    देशको अर्थतन्त्र रसातलमा पुगेको भन्दै यसको प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij