वेबटिभी खबर
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी पढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताएका हुन् ।
उनले भने,‘नारा लगाउँदा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने, व्यवहारमा साइकल पचाउ काम गर्ने ।’ मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोशी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।
वीरगञ्ज-काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij