Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

टोलटोलमा संगठन विस्तार गरौँ : महासचिव पोखरेल

टोलटोलमा संगठन विस्तार गरौँ : महासचिव पोखरेल

  • 386
    SHARES
  • टोलटोलमा संगठन विस्तार गरौँ : महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरलले संगठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा संगठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

    स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे ।

    उनले भने,‘पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।’

    आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उहाँले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए ।

    आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्यांकन गर्ने विश्वास व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij