Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी एमाले प्रवेश

  • 455
    SHARES
  • वीरगन्ज महानगरपालिकाका मेयर सरावगी एमाले प्रवेश

    काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार उनी ४ वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

    गत  २०७४ सालको स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका थिए ।सरावगीले  कांग्रेस प्रवेश गर्ने तयारी गरेको हल्ला चलेपनि एमालेमा प्रवेश गरेका छन् ।

    पछिल्लो केही समयदेखि जनता समाजवादी पार्टी(जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij