वेबटिभी खबर
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ ।
ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भएपनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा भएको बताए ।
नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्रा.डा.भोलाराज जोशीले मिर्गौला दान गर्नेको संख्या मुलुकमा बढाउनु जरूरी रहेको बताए ।
२००८ मा नेपालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर १ हजार ५ सय बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उनले जानकारी दिए ।
‘नेपालका बिरामी मिर्गौला प्रत्यारोपणका लागि बिदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाईयोस्’, उनले भने ।
अस्पतालका मेडिकल निर्देशक डा.बिनोद विजुक्छेले १०३ बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपनि दुई निमोनिया, दुई कोरोना र एक बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij