वेबटिभी खबर
बेइजिङ । युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन् ।
बिहान ८ः०० मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११ः१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेको जनाइएको छ ।
यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij