वेबटिभी खबर
काठमाडौं । राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँचजनाको सम्झनामा सार्वजनीक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो ।
प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
सरकारले यी पाँचैजनालाई शहीद घोषणा गरिसकेको छ । पाँचैजनाले सहादत प्राप्त गरेको स्मरणमा सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij