वेबटिभी खबर
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति युवाको आकर्षण बढेको छ । संगठन सुदृढीकरण तथा जनजागरण (सुज अभियान) का क्रममः होस् या अभियान अघि र पछि । पार्टीमा प्रवेश गर्नेहरूको लर्को नै देखिन्छ ।
जसपाका संघीय परिषद् अघ्यक्ष डा.बाबुराम भट्टराईको न्यानो स्वागतसहित पार्टीमा भित्रिन चाहने युवाको कमी छैन । त्यसो त पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले विभिन्न पार्टी परित्याग गरेका मात्रै होइन स्वतन्त्र युवा पनि जसपा प्रवेश गरेको जानकारी सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा गराइरहन्छन् ।
पार्टीले बोकेको सिद्धान्त र विचारकै कारण पार्टीप्रति आकर्षण बढेको जसपाका नेताहरू दाबी गर्छन् । धेरैभन्दा धेरै मानिसलाई पार्टीमा आबद्ध गराउने र पार्टीको नीति, सिद्धान्त, विचारलगायतका बारेमा जानकारी गराएर वैकल्पिक पार्टी बनाउने दिशामा अघि बढिरहेको जसपाका नेताहरूकाे भनाइ छ ।
नेपालमा वैकल्पिक राजनीतिका आधारतत्व यी हुन्ः१.वैज्ञानिक मानवतावादी विचार;२.भारत,चीन,अमेरिकासंग गतिशील सन्तुलनको मैत्रीसम्बन्ध;३.हिमाल,पहाड,तराई/मधेसका सबै जाति/समुदायको पहिचान/अधिकारको रक्षा;४.पार्टी र सत्तामा समावेसी/सहभागितामूलक लोकतन्त्र;५.समावेसी/दिगो समृद्धि;६.सुशासन/सदाचार।
— Baburam Bhattarai (@brb1954) February 10, 2022
त्यसो त डा.भट्टराईको गृहजिल्ला गोरखाबाट जसपामा उल्लेख्य प्रवेश गरेका छन् । शनिबार भएको एक कार्यक्रममार्फत करिब चार दर्जन बढीलाई डा.भट्टराईले स्वागत गरे । जसपामा प्रवेश गर्नेहरू आरूघाट र बारपाक सुलीकोट गाउँपालिकाका थिए । उनीहरू नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता थिए ।
त्यसैगरी १६ फागुनमा पनि विभिन्न पार्टी परित्याग गरेर मानिसहरू जसपामा प्रवेश गरे । जसपा आरूघाट गाउँपालिकाले राखेको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता जसपामा समाहित भएका थिए ।
गत शनिबार मात्रै काठमाडौंमा गोरखा भिमसेन थापा काठमाडौं सम्पर्क संयन्त्रले आयोजना गरेको ‘प्रशिक्षण तथा पार्टी प्रवेश’ कार्यक्रमा एमालेका दर्जनौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।
यो पनि...
गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij