Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

निमावि र प्रावि द्वितीयमा नियुक्त भएका शिक्षक क्रमशः मावि र निमावि तृतीय हुने गरी बढुवा गरिँदै

निमावि र प्रावि द्वितीयमा नियुक्त भएका शिक्षक क्रमशः मावि र निमावि तृतीय हुने गरी बढुवा गरिँदै

  • 20.9K
    SHARES
  • निमावि र प्रावि द्वितीयमा नियुक्त भएका शिक्षक क्रमशः मावि र निमावि तृतीय हुने गरी बढुवा गरिँदै

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच निम्न माध्यमिक द्वितीय शिक्षकलाई माध्यमिक तृतीय र प्राथमिक द्वितीयलाई निम्न माध्यमिक तृतीयमा बढुवा गर्ने सहमति भएको छ ।

    गत (फागुन ९ गते) सोमबार शिक्षा मन्त्रालय र महासंघबीच निमावि द्वितीय र प्रावि द्वितीयमा सोझै नियुक्ति भएका शिक्षकलाई क्रमशः मावि तृतीय र निमावि तृतीयमा बढुवा गर्ने सहमति भएको हो ।

    महासंघको समायोजन गर्ने यस मागलाई सहमति जनाउँदै शिक्षा मन्त्रालयले भनेको छ,‘यदि उक्त शिक्षक अर्को तहमा बढुवा भएको छ भने सोही अनुसारको श्रेणीमा पद समायोजन गर्ने प्रबन्ध मिलाउने ।’

    यसअघि यस सम्बन्धमा कुनै पनि व्यवस्था नरहेको महासंघ र मन्त्रालयबीच भएको सहमतिमा पत्रमा उल्लेख गरिएको छ । महासंघले यो माग सहमतिपत्रको ३१ औं बुँदामा राखेको छ । 

    समाचार शीर्षक सच्याइएको छ । सम्पादक

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij