Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिन शिक्षक संगठनको दबाब

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिन शिक्षक संगठनको दबाब

  • 888
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिन शिक्षक संगठनको दबाब

    काठमाडौं । नेपाल शिक्षक संगठनले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिन स्थानीय तहलाई दबाब दिएका छन् ।

    शिक्षक संगठन खोटाङले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत पाँच स्थानीय तहले अहिलेसम्म सरकारले तोकेअनुसारको तलब नदिएको भन्दै तलब दिन दबाब दिएको हो । 

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघले मासिक ८ हजार रूपैयाँ र लेखापालाई मासिक १३ हजार ५०० रूपैयाँका दरले तलब दिने र बाँकी रकम स्थानीय तहले थप्ने निर्णय गरेको थियो ।

    संघीय सरकारको घोषणाबमोजिम गत साउन महिनाबाट नगरपालिकाले ७ हजार रूपैयाँमा थपगरी मासिक १५ हजार रूपैयाँका दिनुपर्ने भएपनि अहिलेसम्म दिएको छैन ।

    दश स्थानीय तह रहेको जिल्लामा ऐसेलुखर्क, बराहपोखरी, रावाबेँसी र साकेला गाउँपालिकाले यसअघि नै तलब वृद्धि गरी सकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij