वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेपाली कांग्रेस र एमाले शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । अमेरिकी अनुदान परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन(एमसिसी) पारितमा सहमति जुटाउने विषयमा नेताहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
एमसीसीमै सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज अपराह्न ५ बजे भेट हुने भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अघि कांग्रेस र एमाले नेताहरुले भेटवार्ता सुरु गरेका हुन् ।
भेटवार्ताका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओली निवास बालकोट गएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनबाट सहमति नहुने देखेपछि कांग्रेसले एमालेसँग छलफल चलाइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij