Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयोः प्रचण्ड

एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयोः प्रचण्ड

  • फाल्गुण १२, २०७८ बिहिवार १९:२३ बजे
  • 473
    SHARES
  • एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयोः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । 

    बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ–आफ्ना कुरा राखिएको बताए ।

    ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ–आफ्ना कुरा राखियो,’ प्रचण्डले भने ।  माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान कुराकानी भएको थियो । प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । 

    एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij