Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

माने र सलाह चम्किदा लिभरपुलको आधा दर्जन गोल

माने र सलाह चम्किदा लिभरपुलको आधा दर्जन गोल

  • 342
    SHARES
  • माने र सलाह चम्किदा लिभरपुलको आधा दर्जन गोल

    काठमाडौं । अट्याकर द्वय साडियो माने र मोहम्मद सलाह चम्किएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडविरुद्ध आधा दर्जन गोल गरेको छ ।

    लिभरपुल घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै हाफमा ३-३ गोल हुँदा लिभरपुलले ६-० अन्तरको सहज जित निकाल्यो । लिभरपुलको जितमा माने र सलाहले दुई/दुई गोल गर्दा जोएल माटिप र भान डाइकले एक एक गोल गरे ।

    जितसंगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी तीन अंकमा झारेको छ । लिभरपुल २६ खेलबाट ६० अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित लिड्स २५ खेलबाट २३ अंक सहित १५औं स्थानमा छ । सिटी भने २६ खेलबाट ६३ अंक सहित शीर्षस्थानमा छ ।

    बुधबार राति भएको अन्य खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४(१ अन्तरले पराजित गर्दा वर्नलीले टोटनहमलाई १-० अन्तरले पराजित गर्यो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij