वेबटिभी खबर
सप्तरी । आयोडिनयुक्त नुनको प्रयोग बढाउन साल्ट ट्रेडिङ कर्पोरेसनले विद्यालयमा सचेतना फैलाउन थालेको छ ।
सीमा क्षेत्रमा रहेका नागरिक आयोडिनयुक्त नुनभन्दा पनि भारतबाट पैठारी भएको गुणस्तरहीन नुन प्रयोग गर्ने गरेको पाइएपछि कक्षा ८, ९ र १० का विद्यार्थीलाई कक्षामै जानकारी दिइन थालिएको साल्ट ट्रेडिङ राजविराज शाखाका प्रमुख शत्रुधन प्रसाद साहले जानकारी दिए ।
नुनमा आयोडिनको मात्रा कम भएको नुनको प्रयोग नगर्न र आयोडिनयुक्त नुन प्रयोग गर्न सचेतना फैलाउने काम भइरहेको उनले बताए ।
'एक चम्चा नुन दैनिक खानपिनमा नभई नहुने वस्तु हो । तर, आयोडिन कम भएको नुनको प्रयोगले गलगाँड, सुस्त मनस्थितीका समस्या हुने भएकाले दुई बालबालिका चिन्ह भएको आयोडिन युक्त नुनको प्रयोग बढाउन सबैसँग आग्रह गरेका छौं,' उनले भने
सप्तरीका दुई विद्यालयमा कार्यक्रम गरिसकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij