वेबटिभी खबर
एजेन्सी, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यद्यपी, यो तथ्यांक अघिल्लो दिनको तुलनामा भने कम हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जारी गरेको २४ घण्टे तथ्यांक अनुसार ३० हजार ७५७ नयाँ संक्रमित थपिएका थिए भने ५४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
पछिल्लो २४ घण्टामा ४२ हजारले कोरोनालाई परास्त गर्न सफल भएका छन् । हाल भारतमा दुई लाख ८३ हजारभन्दा बढी रहेको छ ।
भारतको केरल, महाराष्ट्र, मध्ये प्रदेश, उत्तर प्रदेश र दिल्लीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।
पुन: उकालो लाग्यो भारतको कोरोना ग्राफ, २४ घण्टामा ५४१ को मृत्यु
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij