वेबटिभी खबर
काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित गंगा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिडीरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।
तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij