वेबटिभी खबर
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अवरोध अन्त्य गरी सञ्चालनमा सहयोग गर्न नेकपा एमालेका सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु भए लगत्तै नेकपा एमालेले अवरोध सुरु गरेपछि सभामुखले यस्तो आग्रह गरेका हुन् ।
‘बैठक सञ्चालनका लागि अवरोधले समस्या आएको छ । आम नागरिकका दैनिक समस्याहरूमा व्यवधान आएका छन् । कानुन निर्माण निगरानी लगायतका कामहरू अवरोधका कारणले प्रभावित हुन पुगेको छ,’ उनले भने, ‘४२ वटा विधेयक विचाराधीन रहेका छन् । राज्य सञ्चालनका विधेयकहरू रोकिदा समस्या आउँछ ।’
उनले संसद्को अवरोधका कारण विधि निर्माणप्रक्रिया अवरोध आएको भन्दै सभामा प्रभावकारिता वद्धि पनि नगर्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij