Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्वास्थ्य बीमा कार्यक्रमप्रति आकषर्ण बढ्दै

स्वास्थ्य बीमा कार्यक्रमप्रति आकषर्ण बढ्दै

  • 607
    SHARES
  • स्वास्थ्य बीमा कार्यक्रमप्रति आकषर्ण बढ्दै

    जुम्ला । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए ।

    गाउँघरमा स्वास्थ्य बीमाकाबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको संख्या बढेको उक्त कार्यालयले जनाएको हो ।

    सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत ४ हजार ३५ जनाको बीमा गरिएको छ ।

    त्यसअनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपांगता भएका ४५, क्षेयरोग टिभी भएका २ र एचआइभी संक्रमित १ जनाले बीमा गरेको संयोजक रावतले बताए ।

    बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषपचारिक नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । जुम्लामै यो कार्यक्रम सञ्चालन भएको चार/पाँच वर्ष भएपनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छैनन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij