Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो पत्र, यस्तो निर्देशन

विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो पत्र, यस्तो निर्देशन

  • 3.1K
    SHARES
  • विद्यालय सञ्चालनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो पत्र, यस्तो निर्देशन

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशैभरका विद्यालय सञ्चालन गर्ने सम्बन्धमा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएको छ । केन्द्रले माघ २८ गते पत्र पठाएको हो ।

    केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोडिभ-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८/१०/२३ को सिफारिस ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुन १ गतेबाट सञ्चालन गर्ने । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने ।’ उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयअनुसार अनुरोध छ ।’   

    samanwaya ikai.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij