Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाबुरामले यसरी सम्झिए जनयुद्ध 

बाबुरामले यसरी सम्झिए जनयुद्ध 

  • 625
    SHARES
  • बाबुरामले यसरी सम्झिए जनयुद्ध 

    काठमाडौं । तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर अगाडि बढ्नुपर्ने बताएका छन् । २७औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।

    २०५२ फागुन १ गते नेकपा माओवादीले तत्कालीन सरकार समक्ष ४० सूत्रीय माग राखेको थियो । साे माग शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरा नगरेपछि माओवादीले जनयुद्ध सुरु गरेको थियो ।

    जनयुद्धलाई स्मरण गर्दै डा.भट्टराईले सहिदहरूको स्मरण गरेका छन् । उनले आइतबार ट्वीटरमा लेखेका छन्, ‘(फागुन १) को उपलक्ष्यमा संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य प्रणेता यस महान् क्रान्तिमा जीवन बलिदान दिनुहुने अमर सहीदहरू, वेपत्ताजन,घाइते योद्धाहरूमा उच्च सम्मान र सहभागीहरू सबैलाई हार्दिक बधाई ! शुभकामना ! क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर अघि बढौं !  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij