Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

  • 534
    SHARES
  • नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

    दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले शनिबार जनाएको छ ।

    त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसंघीयमञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान-प्रदान गरेका थिए ।

    प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । १३ लाख ७० हजार जनसंख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसंघको १९१औं सदस्यको रुपमा प्रवेश पाएको हो । नेपाल र टिमोर-लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij