Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

१२ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

१२ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

  • 944
    SHARES
  • १२ सुकुम्बासी परिवारलाई  लालपुर्जा वितरण

    गुल्मी । गुल्मीको मालिका गाउँपालिका-७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेपछि २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए ।

    सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुलीलगायतका सुविधाबाट वञ्चित भएका थिए । सार्वजनिक जग्गामा सुकुम्बासीका रुपमा बसोबास गरिरहेका दलित विपन्न परिवारको आधारभूत मानवअधिकार र नागरिक हकबाट वञ्चित भएको विषयलाई लिएर स्थानीय तहको आलोचना भएको थियो ।

    मालिकाले जनप्रतिनिधि निर्वाचित भएकै वर्षबाट सुकुम्बासी व्यवस्थापनको प्रयास गरिरहेको थियो । उनीहरुलाई गाउँपालिकाले डिहीमा जग्गा खरिद गरेर बसोबासको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख रीतबहादुर थापाले बताए ।

    सिलादीको वन नजिकै ५४ वर्षीय जुठे सुनारले ऊर्जाशील २२ वर्ष बिताएका छन् । लालपुर्जाको आशमा धेरैपटक नेताको आश्वासन पाएका उनलाई अहिले गाउँपालिकाले लालपुर्जा वितरण गरेको छ । ‘लालपुर्जा पाइने आशमा थुप्रै वर्ष बितेका थिए, तर अहिले हातमा पुर्जा नै आयो ।’ उनले भने,

    सोही ठाउँकै ७० वर्षीय गोरे सार्कीले लालपुर्जा पाएपछि संसार जितेजस्तै महसुस भएको बताएका छन् । उनले भने, ‘गाउँपालिकाले घरसँगै पानी बिजुली दिने भएकाले खुसी छौं ।’ गाउँपालिकाले प्रतिपरिवार जग्गा खरिदका लागि ५० हजार उपलब्ध गराएको छ भने घर पनि गाउँपालिकाले नै निर्माण गरिदिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

    घरका लागि प्रतिपरिवार २ लाख गाउँपालिकाले उपलब्ध गराउने गिरीले जानकारी दिए । गाउँपालिकाले प्याकेजमै विपन्न परिवारको व्यावस्थापनको योजना अगाडि बढाएको छ । अब एकीकृत बस्ती निर्माणको काम अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij