Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भारतमा कोरोनाबाट निधन हुनेको संख्या दुई साता यताकै कम, संक्रमित पनि घटे

भारतमा कोरोनाबाट निधन हुनेको संख्या दुई साता यताकै कम, संक्रमित पनि घटे

  • 432
    SHARES
  • भारतमा कोरोनाबाट निधन हुनेको संख्या दुई साता यताकै कम, संक्रमित पनि घटे

    नयाँ दिल्ली । भारतमा कोरोनाको तेस्रो लहरको प्रभाव तीव्र गतिमा ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमित र निधन हुनेको संख्या निकै घटेको छ ।

    बिहीबार रातिसम्म गरिएको परीक्षणमा दैनिक थपिने संक्रमितको संख्या ६० हजारभन्दा कम छ । त्यसैगरी संक्रमणका कारण निधन हुनेको संख्या पनि १३ दिन यताकै कम छ ।

    यो अवधिमा ५६ हजार १७ जना नयाँ संक्रमित थपिएको र ६५६ जनाको संक्रमणका कारण निधन भएको भारतीय संचार माध्यम दैनिक भाष्करले जनाएको छ । जवकी यो अवधिमा १ लाख ४९ हजार संक्रमणमुक्त भएका छन् । 

    तेस्रो लहर उत्कर्षमा पुगेर ओर्लन थालेपछि पहिलो पटक दैनिक संक्रमित ६० हजारभन्दा तल झरेको हो । 

    त्यसैगरी संक्रमणबाट निधन हुनेको संख्या दुई साता यताकै कम हो । दुई सातायता भारतमा संक्रमणबाट दैनिक निधन हुनेको संख्या एक हजारभन्दा माथि रहँदै आएको थियो ।

    त्यसैगरी हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर ७ लाख ८१ हजार मात्र छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij