वेबटिभी खबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उमेरहदको विषयलाई वार्तामार्फत् समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले एक्सनपछि रियाक्सन हुने भन्दै शिक्षकहरूको उमेरहदकाे विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, राज्यमन्त्री बोधकुमारीमाया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरिन् । विगतका कमजोरीलाई सच्याउँदै जानुपर्ने यादवकाे भनाइ ।
अध्यापन अनुमतिपत्रको विज्ञापन प्रक्रिया अगाडि बढाउन आयोगलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षा सचिव यादवप्रसाद कोइरालाले शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति बफदार हुनुपर्ने बताए । शिक्षक सेवा आयोगको परीक्षामाथि विभिन्न प्रकारका प्रश्न उठ्न सक्ने भन्दै लोकसेवा आयोगले जस्तै परीक्षामा पारदर्शी हुनेमा विश्वास व्यक्त गरे ।
उनले लिडरको भिजनले नयाँ काम गर्न सकिने बताउँदै चुनौतीसँग जुध्दै सवल पक्षलाई ग्रहण गर्दै अघि बढ्नुपर्ने बताए ।
यस्तै आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै २ लाख ३५ हजार ५ सय बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij