Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

समयमै मल नपाउँदा आलु उत्पादन घट्यो

समयमै मल नपाउँदा आलु उत्पादन घट्यो

  • 435
    SHARES
  • समयमै मल नपाउँदा आलु उत्पादन घट्यो

    सर्लाही । सर्लाही जिल्लामा गत वर्षका तुलनामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर-पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको हो ।

    बरहथवा नगरपालिका-१ हजरियाका किसान रामकुमार नेपाल भने ,‘विगतका वर्षपनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा  यसवर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन । ’ प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा बिक्री गर्नुपरेको उनले गुनासो गरे ।

    भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६मा खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका-६ राजघाटका किसान लाल रामले भने,‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो । ’

    जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।

    जिल्लाभर १ हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij