Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि सेवासुविधा एउटै हुनुपर्छ : शिक्षामन्त्री पौडेल 

कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि सेवासुविधा एउटै हुनुपर्छ : शिक्षामन्त्री पौडेल 

  • 2.0K
    SHARES
  • कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि सेवासुविधा एउटै हुनुपर्छ : शिक्षामन्त्री पौडेल 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक र कर्मचारीका सबै माग पुरा गर्ने बताएका छन् । तलब, दरबन्दी, बढुवालगायतका माग सम्बाेधनका लागि मन्त्रालयले योजना बनाएर काम गरिरहेकाले छिट्टै पुरा गरिने जानकारी गराए ।

    सोमबार गृहजिल्ला बाग्लुङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी गराएका हुन् । मन्त्री पौडेलले निजामती कर्मचारी सरह शिक्षक र कर्मचारीलाई सेवासुविधाको प्रबन्ध गरिने पनि बताएका छन् । सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उनले बताए । 

    ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ,आउँदो बजेट कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरू निकायसँग पनि समन्वय भइरहेको छ ।’ कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए ।

    शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।

    शिक्षक सेवा आयोगको ११औं संशोधन नियमावली मन्त्रिपरिषदबाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।

    मन्त्री पौडेलले शिक्षक महासंघका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्युन विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij