वेबटिभी खबर
बाजुरा । बूढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा-३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् ।
सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij