Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

  • 675
    SHARES
  • बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

    बंगलादेश । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’ मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।

    शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।

    सिन्ह्वाका अनुसार मन्त्रीले ‘ऋण जाल चिन्ता’ भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास हो  भनेका छन् ।

    ऋण-जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बंगलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ । मोमेनले भने, ‘कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।’  

    बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij