काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
३२औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।
बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । काडिज २५ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij