Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अझै दिएन भक्तपुर नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक

अझै दिएन भक्तपुर नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक

  • 1.3K
    SHARES
  • अझै दिएन भक्तपुर नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक

    काठमाडौं। संघीय सरकारले गत साउन महीनाबाट प्रारम्भिक बाल विकास सहजकर्ता(इसीडी शिक्षक) र विद्यालय कर्मचारी(परिचर, सहायक लेखापाल)लाई मासिक न्यूनतम (१५ हजार) तलब दिने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले अझै दिएको छैन ।

    पालिकाले इसीडी शिक्षक बाहेक अन्य कर्मचारीहरुलाई संघीय सरकारले पठाएको रकम मात्रै उपलब्ध गराएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण कमाचार्यका अनुसार पालिकाले इसीडी शिक्षकलाई मासिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

    विद्याल सहयोगीलाई संघीय सरकारले पठाएको ८ हजार रुपैयाँ र लेखापालाई १३ हजार ५०० रुपैयाँ उपलब्ध गराइएको उनले बताए । बजेट अभावका कारण न्यूनतम पारिश्रमिक दिन नसकिएको उनले बताए ।

    अहिले पालिकाभित्रका सामुदायिक विद्यालयमा ४२ जना इसीडी शिक्षक,३६ जना विद्यालय सहयोगी र १३ जना सहायक लेखापाल कार्यरत रहेको उनले बताए ।

    न्यूनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीहरुलाई न्यूनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij