Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई समान तलब दिंदै ढोरपाटन नगरपालिका 

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई समान तलब दिंदै ढोरपाटन नगरपालिका 

  • 1.3K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई समान तलब दिंदै ढोरपाटन नगरपालिका 

    काठमाडौं । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र सहायक लेखापाल) लाई समान तलब उपलब्ध गराएको छ ।

    संघीय सरकारले तोकेबमोजिम सबै कर्मचारीलाई गत साउन महिनादेखि नै मासिक १५ हजार रुपैयाँ उपलब्ध गराएको नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले बताए ।

    उनका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा ५७ जना इसीडी शिक्षक, ७ जना सहायक लेखापाल र ४३ जना विद्यालय सहयोगी कार्यरत छन् ।

    न्युनतम तलब १५ हजार पुर्‍याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।

    बाग्लुङकाे गलकोट नगरपालिकाले दिएन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक बाग्लुङकाे गलकोट नगरपालिकाले दिएन इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij