वेबटिभी खबर
काठमाडौं । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका छन् । विदेश जाने तयारीमा रहेका बस्नेत भारतबाट वेपत्ता भएको परिवारले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौं आएका थिए । क्रोसिया जानको लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन गएका उनी त्यहीँबाट सम्पर्कबिहीन भएका हुन् । विदेश लैजाने एजेन्ट एकराज शेर्माका सहयोगी कल्याण राईसँगै गत माघ ५ गते भारत गएका थिए ।
भारतको गुलाफ होटलमा बसेको भन्ने जानकारीसम्म आएको र त्यसपछिको कुनै जानकारी नआएको वेपत्ता बस्नेतका भाइ पुकार बस्नेतले जानकारी दिए । उनीसँगै भारत गएका उनका अन्य साथीहरु नेपाल फर्किएपनि बस्नेत भने नफर्किएको पुकारले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij