वेबटिभी खबर
काठमाडौं । माघे अर्थात मकर संक्रान्ति देशभर हर्षाेल्लासका साथ मनाउने गरिन्छ । यो दिनमा खाइने खानेकुरा पनि विशेष हुने गर्दछ ।
तिलको लड्डु, तरुल, घिउ, सख्खर, चाकुलगायतका खानेकुरा यो दिन खाने चलन छ । माघे संक्रान्तिमा खानेकुराको खास महत्व छ ।
चाकु, सख्खर : माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुका साथै शरीरलाई भित्रबाटै न्यानो प्रदान गर्छ । यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।
घिउ : घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । यसले शरीरलाई चाहिने प्राटिन र चिल्लो पदार्थको पूर्ति गर्छ। जाडोको बेला यस्ता खानेकुराले रोगसँग लड्नसक्ने शक्ति बढाई उर्जा समेत प्रदान गर्छन्।
तिल : तिल आफैमा नजम्ने अनस्याचुरेटेड फैटी एसिड हो । यसले पाचन प्रकृयालाई मजबुत बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुने भएकोले यसले रोगसँग लड्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
तरुल, पिँडालु : कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशमदार खानेकुरा हो । यसले शरीरमा क्यालोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन । तरुल तथा पिडालु रेशादार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर सजिलै बाहिर निकाल्न मद्दत गर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij