Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओमिक्रोन भाइरस : सामान्य लक्षणमा पनि कोरोना हुनसक्छ  

ओमिक्रोन भाइरस : सामान्य लक्षणमा पनि कोरोना हुनसक्छ  

  • 445
    SHARES
  • ओमिक्रोन भाइरस : सामान्य लक्षणमा पनि कोरोना हुनसक्छ  

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले विश्वलाई नै प्रभावित बनाएको छ । नेपालमा पनि केही दिनयता कोरोना संक्रमित बढ्ने क्रम तीव्र भएको छ ।

    दैनिक तीन सयमा सीमित बनेको संक्रमण दर अहिले बढेर तीन हजारभन्दा बढी हुन थालेको छ । ओमिक्रोन भाइरस नयाँ भएकाले बिरामीमा पहिलेभन्दा अलि फरक लक्षणहरु देखिने गरेको छ । 

    वान्ता हुने, सिगान आइरहने, टाउको दुख्ने, पेट दुख्नेजस्ता लक्षण अहिले बिरामीमा देखिएको छ । यस्ता लक्षण देखिए परीक्षण गराउन चिकित्सकले सुझाव दिने गरेका छन् । यो भेरियन्टका लक्षणहरु बारे अहिले पनि अध्ययन अनुसन्धान जारी नै छ । 

    ओमिक्रोन भाइरस सामान्य लक्षणमा हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन बताउँछन् । उनका अनुसार खासगरी ओमिक्रोन संक्रमितमा रुघाखोकी (कमन कोल्ड) सँग धेरै मिल्दोजुल्दो लक्षण देखिएको छ।    

    अघिल्लो भेरियन्ट डेल्टामा अलि कडा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, खोकी तथा स्वाद र गन्ध थाहा नपाउने हुन्थ्यो र निमोनिया हुने गर्दथ्यो। खोप नलगाएका वा पहिला संक्रमित नभएकाको हकमा भने ओमिक्रोन भाइसरले पनि कडा असर गर्न सक्ने चिकित्सकहरुको भनाई छ ।

    चिसोका कारण देखिने लक्षण र ओमिक्रोन भाइरसका कारण देखिने समस्या उस्ता उस्तै हुन् । अहिलेको अवस्थामा कमन कोल्ड र ओमिक्रोनका लक्षणहरु लगभग समान देखिएको डा.पुन बताउँछन् ।     

    ओमिक्रोन संक्रमण भएको खण्डमा खानपान पहिला जस्तै खानपानलाई जारी राख्ने, शरीरको अवस्थाअनुसार व्ययाम गर्ने सुझाव चिकित्कसले दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij