Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काेराेना : परीक्षण कम, संक्रमण बढी 

काेराेना : परीक्षण कम, संक्रमण बढी 

  • 607
    SHARES
  • काेराेना : परीक्षण कम, संक्रमण बढी 

    काठमाडौं । बढी संक्रामक मानिएको कोरोना भइरसको असर नेपालमा पनि देखिन थालेको छ । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या त्रासपूर्ण ढंगले उकालो लागेको छ । दुई दिनमै दैनिक संक्रमितको दर दोब्बर भएको छ ।

    परीक्षण कम हुँदा पनि नेपालमा देखिएको भाइरस संक्रमितको संख्या चिन्ताजनक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले बुधबारको प्रेस व्रिफिङमा अहिलेको बढ्दो संक्रमणबाट जोगिन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाइ पूर्वक पालना गर्नुपर्ने देखिएको बताइन् ।

    हिजो मंगलबार १५ हजार ३३ जनाको नमुना परीक्षण गरिएकोमा बुधबार १३ हजार ३६ जनाको मात्र नमुना परीक्षण भयो । जबकी कम परीक्षण हुँदा पनि संक्रमितको संख्या भने मंगलबारको तुलनामा करिब ६ सय बढी रह्यो ।

    परीक्षण बढाएमा संक्रमितको संख्या यो भन्दा निकै बढी हुने स्वास्थ्यविज्ञहरूले बताउँदै आएका छन् । देशभर सोमबार १४ सय ४६ संक्रमित देखिएकोमा दुई दिनपछि नै संक्रमितको दर दोब्बर भएको छ ।

    त्यसैगरी काठमाडौं उपत्यकामा संक्रमितको संख्या सबैभन्दा बढी छ । देशभर देखिएको संक्रमित संख्यामध्ये काठमाडौंमा आधाभन्दा बढी छन् । सरकारले कोरोना फैलिन नदिन काठमाडौंमा केही कडाइ भने गरेको छ ।

    उकालो लाग्दै कोरोना ग्राफ : बुधबार थप तीन हजार ७५ जनामा संक्रमण  उकालो लाग्दै कोरोना ग्राफ : बुधबार थप तीन हजार ७५ जनामा संक्रमण 

    काठमाडौं उपत्यकामा १५३८ संक्रमित थपिए  काठमाडौं उपत्यकामा १५३८ संक्रमित थपिए 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij