Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

राजनीतिक नेतृत्वमा कोरोना त्रास: सञ्चारमन्त्री कार्की पनि आइसोलेशनमा

राजनीतिक नेतृत्वमा कोरोना त्रास: सञ्चारमन्त्री कार्की पनि आइसोलेशनमा

  • 461
    SHARES
  • राजनीतिक नेतृत्वमा कोरोना त्रास: सञ्चारमन्त्री कार्की पनि आइसोलेशनमा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । 

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्की सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन् । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

    कोरोनाको ‘हटस्पट’ बन्यो माओवादीको महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’ बन्यो माओवादीको महाधिवेशन स्थल

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij