Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

किसानका माग पूरा गर्न राजेन्द्र महतोको माग

किसानका माग पूरा गर्न राजेन्द्र महतोको माग

  • 1.3K
    SHARES
  • किसानका माग पूरा गर्न राजेन्द्र महतोको माग

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरू आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

    शनिबार विज्ञप्ति जारी गरेर महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिँचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भर्त्सना गर्दछु ।’

    ठाकुर र महतोबीच दूरी बढ्यो, पार्टी कार्यालय पनि जाँदैनन् महतो ठाकुर र महतोबीच दूरी बढ्यो, पार्टी कार्यालय पनि जाँदैनन् महतो

    किसानहरू सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उनको ठहर छ ।

    महतोले वर्षौदेखिको समस्याहरू लिएर चिसो मौसममा सडकमा उत्रिन बाध्य भएका किसानहरूको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता पनि व्यक्त गरेका छन् ।

    साथै पक्राउ परेका किसान नेताहरूलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरूको माग पुरा गर्न सरकारसँग अनुरोध गरेका छन् । आन्दोलनका क्रममा घाइते भएका किसानहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

    rajendra mahato.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij