Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

क्यालिफोर्नियामा जेट विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु 

क्यालिफोर्नियामा जेट विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु 

  • 672
    SHARES
  • क्यालिफोर्नियामा जेट विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु 

    एजेन्सी, क्यालिफोर्निया । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन ।

    दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन् ।

    विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी)ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ । 

    सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विजेमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij