काठमाडौं । ऋषीराम कट्टेलले दिएको रिटमा सर्वाेच्च अदालतबाट माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा खारेज हुने आदेश उपर परेको पुनरावलोकनको निवेदनमा बिहीबार सुनवाइ हुने भएको छ ।
पुनारावलोकनका लागि परेको निवदेनमाथि सुनवाइ गर्न प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना रहेको इजलास तोकिएको छ । सुनवाइपछि निवेदक पुष्पकलम दाहाल प्रचण्डले माग गरेबमोजिक पुनारावालोकनका लागि स्वीकृत दिने वा नदिने भन्ने निर्णय हुनेछ ।
इजलासले पुनारावलोकनको स्वीकृती दिएमा मुद्दा अघि बढ्छ भने नदिने आदेश गरेमा पहिलेकै फैसलाअनुसार हुन्छ ।
पुनारावलोकनका लागि प्रचण्डले दर्ता गरेको निवेदनमा सर्वाेच्चको आदेश त्रुटिपूर्ण रहेको जिकिर गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij