Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हारबाट जोगियो म्यानचेष्टर युनाइटेड

हारबाट जोगियो म्यानचेष्टर युनाइटेड

  • 616
    SHARES
  • हारबाट जोगियो म्यानचेष्टर युनाइटेड

    काठमाडौं । बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । सोमबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेड न्युक्यासलसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

    खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका ३४ वर्षीय काभानीले ७१ मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो । 

    खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्टो भने गोलविहीन रहे । 

    बराबरीसँग युनाइटेड पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । १७ खेल खेलेको युनाइटेड २८ अंकसहित साँतौ स्थानमा छ । न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij