वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनका अवसरमा उपस्थित आमन्त्रित तथा दलका नेताहरूलाई माओवादी नेतृ पम्फा भुसालले स्वागत गरेकी छन् ।
राष्ट्रिय सम्मेलनको तयारीलाई महाधिवेशनका रूपमा रूपान्तरण गर्नका कारण सुनाउँदै नेतृ भुसालले माओवादीले कम्युनिस्ट आन्दोलनको निरन्तरतामा क्रमभंग गर्दै क्रान्तिकारी धार निर्माण गरेको बताइन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन माओवादीको एजेन्डा रहेको उल्लेख गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा परिवर्तनका शक्तिहरूसँग एकता गर्ने पनि उनले बताइन् ।
उनले समाजवादमा जाने कार्यदिशा यस महाधिवेशनबाट निर्माण गर्ने बताइन् । नेपाली समाजलाई कसरी समाजवादतर्फ लैजाने भन्ने अहिलेको महत्त्वपूर्ण उद्देश्य रहेको उनले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij