वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
बैठक केहीबेरअघिबाट सुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए ।
उनले भने, ‘पार्टीको राष्ट्रिय सम्मेलन तयारीको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकले राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक निर्णय लिन्छ ।’
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij