Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने

  • पौष ७, २०७८ बुधवार ०९:०८ बजे
  • 900
    SHARES
  • आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने

    काठमाडौं ।  न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका हुन् ।

    न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे ।

    आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयोगको सदस्य रहन्छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij