Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतमा १६१ जनामा ‘ओमिक्रोन’ पुष्टि

भारतमा १६१ जनामा ‘ओमिक्रोन’ पुष्टि

  • 511
    SHARES
  • भारतमा १६१ जनामा ‘ओमिक्रोन’ पुष्टि

    नयाँ दिल्ली । भारतमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दैनिक बढिरहेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले राज्यसभा बैठकमा ‘ओमिक्रोन’ संक्रमितको संख्या बढिरहेको जानकारी गराएका हुन् ।

    हालसम्म भारतमा १६१ जनामा ‘ओमिक्रोन’ पुष्टि भएको छ । जसमध्ये महाराष्ट्रमा ५४, दिल्लीमा २८, तेलङ्गनामा २०, राजस्थानमा १७, कर्नाटक १४, केरलामा ११, गुजरातमा ११, उत्तरप्रदेशमा २, आन्ध्रप्रदेशमा १, तमिलनाडुमा १, वेस्ट बंगालमा १ र चन्डीगढमा १ जनामा ‘ओमिक्रोन’ पुष्टि भएको छ । 

    मन्त्री मन्डावियाकाअनुसार ‘ओमिक्रोन’ बारे विशेषज्ञहरू दैनिक अध्ययन गरिरहेका छन् । यसकासाथै उनले कोरोनाको पहिलो र दोस्रो लहरको अनुभवका आधारमा औषधिहरू स्टक राख्ने काम भइरहेको जनाएका छन् ।

     ‘ओमिक्रोन’ फैलिए पनि अभाव नहोस् भनेर औषधिहरू स्टक राखिएको मन्त्री मन्डावियाकाे भनाइ छ । 

    ‘ओमिक्रोन’ भेरियन्टविरुद्ध फाइजर र मोडर्ना खोप प्रभावकारी : अध्ययन ‘ओमिक्रोन’ भेरियन्टविरुद्ध फाइजर र मोडर्ना खोप प्रभावकारी : अध्ययन

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij