Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमसीसीबारे के भन्छन् माधव नेपाल ?

एमसीसीबारे के भन्छन् माधव नेपाल ?

  • 485
    SHARES
  • एमसीसीबारे के भन्छन् माधव नेपाल ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् ।

    काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए ।

    ‘एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्,’ उनले भने ।

    एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको बताए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij