Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

  • 777
    SHARES
  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

    काठमाडौं । आगामी २४ घण्टा देशभर चिसो बढ्ने क्रम रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

    महाशाखाका अनुसार देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसुरकुहिरो लागेको छ। 

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    आइतबार

    दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

    राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  
    सोमबार

    दिउँसो: सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    राती: देशभरि आंशिक देखि सामान्य बदली  रहनेछ।  

    मंगलबार
    दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    राती: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामन्य बदली रही बाँकी भू(भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

      

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij