काठमाडौं– विहिबार मात्रै राजिनामा दिएका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले आमाबुवाको नामको प्रतिस्ठान मार्फत ५० लाखको कोष खडा गरेका छन्। कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजिनामा दिएका रिजालले आफ्नो निर्वाचन क्षेत्रका जनताको उपचारमा खर्च गर्ने गरी ५० लाखको कोष खडा गरेका हुन्। उनले यसअघि नै यसबारे निर्णय गरिसकेपनि सार्वजनिक नगरेको बताएका छन्। उनले मोरङ क्षेत्र नम्बर २ का जनताले आफू माथि ठूलो गुन लगाएको बताएका छन्।
‘अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न पाएको थिइन। फुर्सत छ, त्यसैले आज नै भनौं। मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ। आमा–बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ,’ उनले भनेका छन्, ‘त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij