Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एमालेकाे नाराबाजीबीच सभामुखले अघि बढाए संसद्को कारबाही

एमालेकाे नाराबाजीबीच सभामुखले अघि बढाए संसद्को कारबाही

  • 456
    SHARES
  • एमालेकाे नाराबाजीबीच सभामुखले अघि बढाए संसद्को कारबाही

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ ।

    राष्ट्रपति कार्यालयबाट संसदको १०औं अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो ।

    सभामुख सापकोटाले ज्ञातअज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरे ।

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

    मंगलबारबाट सुरु भएको १०औं महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् । नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अघि बढाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij