Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

दुई दिनपछि बधाई दिँदै रवीन्द्र मिश्रले भने 'लिङ्देनको जितले विकृत वामवादको चाल चिर्न भूमिका खेल्छ'

दुई दिनपछि बधाई दिँदै रवीन्द्र मिश्रले भने 'लिङ्देनको जितले विकृत वामवादको चाल चिर्न भूमिका खेल्छ'

  • 487
    SHARES
  • दुई दिनपछि बधाई दिँदै रवीन्द्र मिश्रले भने 'लिङ्देनको जितले विकृत वामवादको चाल चिर्न भूमिका खेल्छ'

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको जितले देशमा विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

    अध्यक्षमा निर्वाचित भएको दुई दिनपछि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै अध्यक्ष मिश्रले यस्तो बताएका हुन् । 
    नेपाल राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतस् नरम परम्परावादी समाज भएको र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न आवश्यक रहेको अध्यक्ष मिश्रले बताएका छन् । 

    उनले लेखेका छन् – 'राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु। अर्थ-राजनीतिक रूपमा नेपाललाई 'कल्याणकारी' नरम वामपन्थी एजेण्डा चाहिएको छ। तर राजनीतिक-सामाजिक रूपमा नेपाल मूलत: नरम परम्परावादी समाज हो। त्यसलाई अस्विकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन। विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।'

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij