काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो।
युनाइटेडलाई जितमा फ्रेडले निर्णायक गोल गरे । खेलको ७७ औं मिनेटमा ग्रीनउडको पासमा फ्रेडले गोल गरेका थिए । अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै युनाईटेडले जित निकालेको हो ।
युनाइटेडले ओले गन सोल्सायरलाई बर्खास्त गर्दै सिजनको अन्त्यसम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो। जितसँगै युनाइटेडले १५ खेलमा २४ अंक जोडेको छ र छैटौं स्थानमा उक्लिएको छ । प्यालेस १६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij